काठमाडौंः भारतको दिल्लीका धेरै भागहरूमा भारी वर्षाले सडकहरूमा अस्तव्यस्तता निम्त्याएको छ । यसका साथै प्रतिकुल मौसमका कारण धेरै उडानहरू पनि ढिलाइ भएको बताइएको छ ।
निजी एयरलाइन्स कम्पनीहरूले दिल्ली विमानस्थलमा खराब मौसमका कारण उडानहरू ढिलाइ वा रद्द हुनसक्ने सम्भावनाको बारेमा आफ्ना यात्रुहरूलाई सचेत गराएका छन् ।
दिल्लीका धेरै भागहरूमा विशेष गरी मध्य र दक्षिणी दिल्लीमा अत्याधिक वर्षा हुँदा सवारी साधनको ट्राफिक सुस्त भएको छ । लामो ट्राफिक जामका कारण सडकबाट यात्रा गर्ने मानिसहरूलाई समयमै आफ्नो कार्यालय पुग्न गाह्रो भएको छ ।