२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

वैदेशिक रोजगार रोक्न सरकारले सुविधाहरू थपेको प्रधानमन्त्रीको दाबी

Nada
२०८२ साउन १५ गते ०६:२०
Shares
वैदेशिक रोजगार रोक्न सरकारले सुविधाहरू थपेको प्रधानमन्त्रीको दाबी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले युवायुवतीलाई वैदेशिक रोजगारमा जानबाट रोक्न सरकारले सुविधाहरू थप गरिरहेको बताएका छन् । राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले केही हदसम्म युवा पलायन समस्याको रूपमा देखापरेको, तर उनीहरूलाई स्वदेशमै रोक्न उच्चतम प्रयास भइरहेको बताए ।

ncell

प्रधानमन्त्री ओलीले सरकारले स्टार्टअप, सहुलियत, निब्र्याजी ऋण तथा अन्य विभिन्न अनुदान दिएर युवाहरूलाई नेपालमै केही गर्ने आधार दिइरहेको बताए । उनले भने, ‘सरकारले यति धेरै गर्दागर्दै पनि अलिकता युवाहरू बाहिर हुनुहुन्छ, नराम्रो कुरा हो । युवाहरुलाई बाहिर जानबाट रोकेर देश विकासको काममा लगाउने विषयमा सरकार क्रियाशील छ ।’

ताजा खबर

सम्बन्धित खबर