२०८२ साउन १५ गते बिहिवार / Jul 31 , 2025 , Thursday
२०८२ साउन १५ गते बिहिवार
Ads

राष्ट्रपति पौडेलद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण, संख्या सय प्रावधानको ऐन हट्यो

shivam cement
मध्यान्ह
२०८२ साउन १४ गते १७:०३
राष्ट्रपति पौडेलद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण, संख्या सय प्रावधानको ऐन हट्यो

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । 

योसँगै वैदेशिक रोजगार व्यवसायीको इजाजत नवीकरणका लागि वार्षिक सय जना कामदार अनिवार्यरूपमा वैदेशिक रोजगारमा पठाउनुपर्ने प्रावधान खारेज भएको छ ।

करिब ७९ वटा कानुनका विभिन्न दफाहरू संशोधन गर्न बनेको यस विधेयकमा वैदेशिक राेजगार व्यवसायीकाे इजाजत नवीकरणका लागि अनिवार्य रूपमा वार्षिक सय जना कामदारको श्रम स्वीकृति लिनुपर्ने  प्रावधान खारेज गरिएको छ ।

यो ऐन लागू भएसँगै अबबाट वार्षिक सय जना कामदार वैदेशिक रोजगारीमा नपठाउने म्यानपावर कम्पनीको पनि इजाजतपत्र नवीकरण हुने भएको छ ।

गत आर्थिक वर्ष सय जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसकेका ३२६ वटा म्यानपावर कम्पनी छन् । यो ऐनसँगै अब नियमावली पनि आउनुपर्नेछ । हाल कायम नियमावलीमा नवीकरणका लागि वार्षिक सय जना कामदार पठाउनुपर्ने प्रावधान छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise