२०८२ साउन ११ गते आइतवार / Jul 27 , 2025 , Sunday
२०८२ साउन ११ गते आइतवार
Ads

भारतको हरिद्वारस्थित एक मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ साउन ११ गते १३:५९
भारतको हरिद्वारस्थित एक मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

एजेन्सी : भारतको उत्तराखण्ड राज्यमा रहेको एक प्रसिद्ध हिन्दु मन्दिरमा आइतबार भीडभाड भई भागदौड मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

हिन्दुधर्मावलम्बीको पवित्र शहर हरिद्वारस्थित गंगा नदीको किनारमा रहेको मनसा देवी मन्दिर जाने सिँढीमा भागदौड मच्चिँदा कैयौं घाइते भएका छन् ।

“६ जनाको मृत्यु भएको छ भने १० भन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ,” शहरका वरिष्ठ प्रहरी अधिकारी परमेन्द्र डोभलले एएफपीलाई बताए ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले राहत र उद्धारकार्य जारी रहेको बताएका छन् । “यस विषयमा म स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा छु र स्थितिको निरन्तर अनुगमन भइरहेको छ,” उनले भने ।

धार्मिक चाडहरूमा घातक भागदौड र भीडभाडका कारण यस्ता दुखद् घटना हुने गरेका छन् । गत जुन महिनामा तटीय राज्य उडिसामा एक हिन्दु धर्मावलम्बीको चाडमा अचानक भीड बढेपछि भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै कैयौं घाइते भएका थिए ।

अघिल्लो महिना पश्चिमी राज्य गोवामा एक लोकप्रिय अग्नि लिएर गरिने पैदल अनुष्ठानको लागि हजारौं मानिसहरू भेला भएका बेला घटेको यस्तै घटनामा तीन जनाको मृत्यु भएको थियो ।

जनवरीमा उत्तरी शहर प्रयागराजमा हिन्दुहरूको महान् चाड कुम्भ मेलामा भएको झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise