२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

गणतान्त्रिक मञ्चद्वारा श्रममन्त्री भण्डारीलाई सम्मान

Nada
२०८२ साउन ७ गते ०६:३५
Shares
गणतान्त्रिक मञ्चद्वारा श्रममन्त्री भण्डारीलाई सम्मान

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई सम्मान गरेको छ । मञ्चले मंगलबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरेर भयमुक्त वातावरणमा पेशा व्यवसाय सञ्चालन गर्न बाधकका रूपमा रहेको संख्या सय समस्या समाधानका लागि अमूल्य योगदान पु¥याएको भन्दै श्रममन्त्री भण्डारीलाई सम्ममा गरेको हो ।

ncell

मञ्चले मुलुकको अर्थतन्त्रको मुख्य आधार वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, मर्यादित एवं व्यवस्थित गराउन मन्त्री भण्डारीले दिएको योगदान अतुलनीय र प्रशंसनीय रहेको उल्लेख गरेको छ ।

त्यसैगरी मञ्चले वैदेशिक रोजगारका क्षेत्रमा रहेका अन्य समस्याहरूको पनि यथाशक्य छिटो समाधान गर्न माग गर्दै मन्त्री भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

मञ्चले विदेशस्थित नेपाली दूतावास र कूटनैतिक नियोगमा मागपत्र प्रमाणीकरण प्रक्रियामा देखिएका समस्या, परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा आएको समस्या तथा प्रमाणीकरणमा अत्यधिक ढिलाइ जस्ता विषयले उब्जाएको कठिनाइ तत्काल समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।

त्यसैगरी मञ्चले सेवाशुल्क परिमार्जन र वैदेशिक रोजगारीका लागि जापान जाने कामदारको भिसा र रोजगारदाता कम्पनीबाट रोजगार अनुमति पाइसकेको अवस्थामा नेपालमा स्थापित गैरसरकारी संस्था नेपाल जाइका अल्मनाई एसोसिएसन ‘जान’ले प्रशिक्षार्थी कामदारमाथि भाषा परीक्षाको नाममा विगत १५ वर्षदेखि  आर्थिक शोषण र अन्याय गरिरहेको भन्दै उक्त समस्याको पनि समाधान गर्न माग गरेको छ ।

जवाफमा श्रममन्त्री भण्डारीले सेवा शुल्क परिमार्जनलगायत सुधारका सबै क्षेत्र आफ्नो प्राथमिकतामा रहेको भन्दै व्यवसायीले वैदेशिक रोजगारमा जाने विपन्न वर्गका कामदारलाई सहुलियतपूर्ण अवस्था सिर्जना गर्न आग्रह गरेका थिए ।

अध्यक्ष धनलाल जैसीको नेतृत्वमा मन्त्रालय गएको मञ्च प्रतिनिधिमण्डलमा मञ्चका महासचिव तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छादोर्जे दिमदोङ, सचिव बासु पुडासैनी, कोषाध्यक्ष तथा संघ कार्यसमिति सदस्य भरत सापकोटा र रेखा शर्मा, नेकपा माओवादी केन्द्रको वैदेशिक रोजगार शाखा कमिटीका उपाध्यक्ष सोम तामाङ र मञ्चका  सदस्य मेगबहादुर राउत सहभागी थिए ।

ताजा खबर

सम्बन्धित खबर