२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

भियतनाममा डुंगा दुर्घटना हुँदा ३७ जनाको मृत्यु

Nada
२०८२ साउन ४ गते १०:३५
Shares
भियतनाममा डुंगा दुर्घटना हुँदा ३७ जनाको मृत्यु

काठमाडौँ : भियतनाममा खराब मौसमका कारण पर्यटक सवार डुंगा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ। उत्तरी भियतनामको लोकप्रिय पर्यटकीयस्थल हालोङ खाडीमा उक्त दुर्घटना भएको हो ।

ncell

रिपोर्टका अनुसार धेरैजसो यात्रु भियतनामको राजधानी हनोइबाट आएका थिए। उद्धारकर्मीहरूले ११ जनालाई पानीबाट जीवितै उद्धार गरिएको बीबीसीले जनाएको छ ।

पर्यटकहरू डुंगा चढेर रमाइरहेका बेला अचानक तुफान आएको थियो । सो तुफानले डुंगा पल्टाइदिएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् । उद्धारकर्मीहरूले भारी वर्षाका कारण बेपत्ता खोजीमा कठिनाइ भइरहेको बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर