२०८२ कार्तिक २५ गते मङ्गलवार / Nov 11 , 2025 , Tuesday
२०८२ कार्तिक २५ गते मङ्गलवार
Ads

गणतान्त्रिक मञ्चद्वारा सदस्यता वितरण र सम्मान

shivam cement
२०८२ साउन ४ गते ०६:२५
Shares
गणतान्त्रिक मञ्चद्वारा सदस्यता वितरण र सम्मान

काठमा : वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले केही व्यवसायीहरूलाई मञ्चको सदस्यता वितरण र उल्लेख्य संख्यामा कामदार पठाउने मञ्चका सदस्य केदारनाथ अधिकारीलाई सम्मान गरेको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं मञ्चका इन्चार्ज रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा शुक्रबार भएको कार्यक्रममा सम्मान र सदस्यता प्रदान गरिएको हो ।

माओवादी केन्द्र निकट उपत्यका विशेष प्रदेश कमिटी सदस्यसमेत रहेका अधिकारी सञ्चालक रहेको इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.ले गत आर्थिक वर्ष २ हजार ६६९ जना कामदार पठाएर गत वर्ष धेरै कामदार पठाउने म्यानपावर सूचीको १५औं नम्बरमा रहेको छ । उक्त कम्पनीले अघिल्लो आर्थिक वर्षमा २ हजार ७६९ जना कामदार पठाएको थियो ।

मञ्चले नयाँ सदस्यता लिएका स्मार्ट ओभरसिज प्रा.लि. बालाजुका सञ्चाक तम्बुलाल तामाङ, द हिमालयन एचआर प्रा.लि. सिनामंगलका सञ्चालक प्रदीपकुमार श्रेष्ठ, टाइगर म्यानेजमेन्ट सिस्टम प्रा.लि. सामाखुसीका सञ्चालक शक्ति श्रेष्ठ, माकी ओभरसिज प्रा.लि. सामाखुसीका सञ्चालक भेषराज कुँवर, एलायन्स फर ह्युमन रिसोर्सेस कन्सलटेन्सी प्रा.लि. स्वयम्भूका सञ्चालकद्वय सुमन तामाङ र राजन ढुंगाना, प्रिन्स नेपाल एचआर प्रा.लि. स्वयम्भूका सञ्चालकद्वय श्याम ठाकुर, शेख अनवर र माहा इन्टरनेशनल एचआर सलुसन प्रा.लि. सिनामंगलका सञ्चालकद्वय सुरेश केसी र बसन्त बुढाथोकीलाई सम्मान गरेको छ । 

त्यस अवसरमा मञ्चका संस्थापक अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष दिलप्रसाद पोखरेल, मञ्चका अध्यक्ष धनलाल जैसी, मञ्चका महासचिव तथा संघका सचिव कुन्छादोर्जे दिमदोङलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

संघका सचिव दिमदोङले संघको नवनिर्वाचित नेतृत्व पंक्ति निर्वाचनको क्रममा व्यक्त  साझा प्रतिबद्धतामा इमानदार नरहेको अवस्थामा मञ्च तथा व्यवसायीले खबरदारी गर्नुपर्ने धारणा राखेका थिए । संघ कार्यसमितिमा अध्यक्षले गरेको ४ जनाको मनोनयनमा मञ्चले असन्तुष्टि व्यक्त गरेको थियो ।

ADV

सम्बन्धित खबर