२०८२ साउन ३ गते शनिवार / Jul 19 , 2025 , Saturday
२०८२ साउन ३ गते शनिवार
Ads

अफगानिस्तानमा सडक दुर्घटना, ४ जनाको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ साउन ३ गते १६:३०
अफगानिस्तानमा सडक दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौंः अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार बिहान भएको एक सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ। राज्य सञ्चालित बख्तर समाचार एजेन्सीका अनुसार, यो दुर्घटना गजनी र छिमेकी प्रान्त कन्धार जोड्ने मुख्य सडकमा पर्ने अब बन्द जिल्लामा भएको हो ।

समाचारमा जनाइएअनुसार, यात्रु सवार कार एक ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, लापरवाह ड्राइभिङ दुर्घटनाको मुख्य कारण मानिएको छ र घटनाको थप अनुसन्धान थालिएको बताइएको छ ।

यसैबीच, केही दिनअघि मात्रै गजनीकै छिमेकी प्रान्त हेलमण्डमा भएको अर्को यस्तै दुर्घटनामा ११ जनाको मृत्यु र चार जना घाइते भएका थिए । अफगानिस्तानका ग्रामीण सडकहरूमा हुने यस्ता दुर्घटनाहरूमा सवारीको अवस्थासँगै लापरवाह गतिको पनि ठूलो भूमिका हुने गरेको देखिन्छ । 

ADV

सम्बन्धित खबर

Advertise