काठमाडौं : नीलकमल ह्युमन रिसोर्स प्रा. लि. गत आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूचीको पहिलो स्थानमा रहेको छ । उक्त कम्पनीले ८ हजार ६७३ जना कामदार पठाएको छ । विभाग निकट सूत्रका अनुसार नीलकमलले गत वर्ष ५९४ जना महिला र ८ हजार ७९ जना पुरुष कामदार पठाएको हो ।
सबैभन्दा धेरै कामदार पठाउने सूचीको दोस्रो स्थानमा प्याराडाइज इन्टरनेशनल प्रा. लि. रहेको छ । उक्त कम्पनीले ८ हजार ६०८ जना कामदार पठाएको छ । प्याराडाइज इन्टरनेशनलले ७ हजार ४७४ पुरुष र १ हजार १३४ महिला कामदार पठाएको हो ।
एसओएस म्यानपावर सर्भिस प्रा. लि. ७ हजार ८५४ जना कामदार बैदेशिक रोजगारीमा पठाएर तेस्रो स्थानमा रहेको छ । गत वर्ष उक्त कम्पनीले ७ हजार ५६० जना पुरुष र २९४ महिला कामदार पठाएको थियो ।
लिंक इन्टरनेशनल प्लेसमेन्ट सेवा प्रा. लि.४ हजार ९८२ जना कामदार पठाएर चौथो स्थामना रहेको छ । उक्त कम्पनीले ४ हजार ५३४ पुरुष र ४४८ महिला कामदार बैदेशिक रोजगारीका लागि पठाएको छ ।
गल्फ म्यानपावर सेवा प्रा. लि धेरै कामदार पठाउनेको सूचीको पाँचौं स्थानमा रहेको छ । उक्त कम्पनीले ३ हजार ९५५ पुरुष कामदार मात्र पठाएको छ ।
वैदेशिक रोजगार विभागले गतबर्ष वैदेशिक रोजगारमा गएका कामदार र पठाउने म्यानपावर कम्पनीको विवरण शुक्रबारका बोलाएको पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने तयारी गरेको छ । मध्यान्ह दैनिकलाई प्राप्त विवरणअनुसार अनुसार एयर किंग्स प्लेसमेन्ट प्रा. लि. ३ हजार ९५२ जना पठाएर छैठौं , साउन्डलाइन्स रिक्रुटमेन्ट प्रा. लि ३ हजार ७५६ जना पठाएर सातौं, द रिभर ओभरसिज प्रा. लि. ३ हजार २६९ जना पठाएर आठौं, एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्सी प्रा. लि ३ हजार ११० जना पठाएर नवौं, एशिया लिंक प्रा. लि. २ हजार ९९९ जना पठाएर दशौं स्थानमा रहेका छन् । यस्तै सान नेपाल प्रा. लि. २ हजार ९९८ जना पठाएर ११ औं, अल-अस्माक्स कम्पनी प्रा. लि. २ हजार ८९६ जना पठाएर १२ औं, लुलु इन्टरनेशनल प्रा. लि. २ हजार ८२० जना पठाएर १३ औं, अल सेक्युर म्यानपावर रिक्रूटमेन्ट प्रा. लि २ हजार ७०७ जना पठाएर १४ औं, ईम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा. लि. २ हजार ६६९ जना पठाएर १५ औं, स्थानमा रहेका छन् ।
त्यस्तै ब्रदर्स इन्टरनेशनल इम्प्लोयमेन्ट प्रा. लि. २ हजार ६६२ जना पठाएर १६ औं, अल-हयात म्यानेजमेन्ट प्रा. लि. २ हजार ५८४ जना पठाएर १७ औं, सपोर्ट ह्युमन रिसोर्सेस प्रा. लि. २ हजार ५४८ जना पठाएर १८ औं, शिखर इन्टरनेशनल म्यानपावर सर्भिसेज प्रा. लि.२ हजार ४२० जना पठाएर १९ औं र भिजन एण्ड भ्यालु ओभरसीज प्रा. लि.२ हजार ३८३ जना पठाएर सूचीको २० औं स्थानमा रहेको तयार विवरणमा देखिएको छ । आज शुक्रबारको पत्रकार सम्मेलनमा विभागले अन्तिम विवरण सार्वजनिक गर्ने बताइएको छ ।
(मध्यान्ह दैनिकको आज प्रकाशित अंकमा 'नील कमल ह्युमन रिसोर्स प्रा. लि. गत आर्थिक वर्ष धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूचीको शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ८ हजार ६७३ जना पठाएको छ ।' हुनुपर्ने र 'सूचीको दोस्रो स्थानमा प्याराडाइज इन्टरनेशनल प्रा. लि. रहेको छ । उक्त कम्पनीले ८ हजार ६०८ जना कामदार पठाएको छ ।' हुनुपर्नेमा अन्यथा भएकाले भूलसुधार गरिएको छ । यसबाट सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दछौं । - प्रकाशक)