२०८२ असार ३२ गते बुधवार / Jul 16 , 2025 , Wednesday
२०८२ असार ३२ गते बुधवार
Ads

वैदेशिक रोजगारीको नाममा झन्डै पौने २ करोड ठग्ने ४ पक्राउ

shivam cement
मध्यान्ह
२०८२ असार ३१ गते २१:३७
वैदेशिक रोजगारीको नाममा झन्डै पौने २ करोड ठग्ने ४ पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीको नाममा ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । क्यानडा, मलेसिया, कतार र क्रोएसियालगायतका मुलुकमा आकर्षक तलबको रोजगारीमा पठाउने प्रलोभन दिएर युवाहरूबाट करिब पौने २ करोड रुपैयाँ ठगी गरेको जाहेरी परेको प्रहरीले बताएको छ ।

प्रहरीले क्यानडा पठाइदिन्छु भन्दै १० जनाबाट एक करोड ३४ लाख रुपैयाँ ठगी गरेको आरोपमा ललितपुर महानगरपालिका–३ का ४४ वर्षीय मनोज महर्जन तथा कतार पठाउने प्रलोभन दिएर १० जनाबाट जनही ३ लाख ५० हजार रुपैयाँको दरले ठगी गरेको आरोपमा सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ घर भएका ३० वर्षीय सबिक राईलाई पक्राउ गरेको छ ।

यस्तै क्रोएसिया पठाइदिन्छु भन्दै ८ लाख रुपैयाँ ठगी गरेको अरोपमा चितवनको राप्ती नगरपालिका–१ का ५३ वर्षीय प्रेमकृष्ण श्रेष्ठ र मलेसिया पठाइदिन्छु भन्दै एक जनाबाट ३ लाख ९९ हजार रुपैयाँ लिएर ठगी गरेको आरोपमा बाराको निजगढ नगरपालिका–१२ स्थायी घर भइ भक्तपुर बस्दै आएका रामबहादुर थिङलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise