२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सयको प्रावधान हटाएकोमा संघद्वारा मन्त्री भण्डारीप्रति आभार

Nada
२०८२ असार ३१ गते ०६:१०
Shares
सयको प्रावधान हटाएकोमा संघद्वारा मन्त्री भण्डारीप्रति आभार

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार ऐनबाट संख्या सय खारेज गरेकोमा बधाई तथा धन्यवाद दिँदै वैदेशिक रोजगार क्षेत्रमा रहेका अन्य समस्या पनि समाधानका लागि यथाशीघ्र पहल गरिदिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई आग्रह गरेको छ ।

ncell

वरिष्ठ वैदेशिक रोजगार व्यवसायीहरूसहित सोमबार संघका अध्यक्ष भुवनसिंह गुरुङको नेतृत्वमा श्रम मन्त्रालय गएको संघको प्रतिनिधिमण्डलले उक्त आग्रह गरेको हो ।

राष्ट्रिय सभाले सन्देशसहित पठाएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई प्रतिनिधि सभाले आइतबार सर्वसम्मतिले पारित गरेको थियो। संघीय संसद्का दुवै सदनबाट पारित उक्त विधेयक सोमबार साँझसम्म राष्ट्रपतिबाट प्रमाणीकरण भने भइसकेको छैन ।

तर संघसहित वैदेशिक रोजगार क्षेत्रका सबैजसो संस्थाले संख्या सय खारेज भएसँगै व्यवसायीले ७ वर्षदेखि व्यहोर्नुपरेको असुरक्षा र त्रास हटेको बताएका छन् ।

संघले उक्त कार्यका लागि मुक्तकण्ठले मन्त्री भण्डारीप्रति आभार व्यक्त गर्दै वैदेशिक रोजगार क्षेत्रमा रहेका अन्य समस्या पनि समाधानका लागि पहल गर्न माग गरेको छ ।

सो अवसरमा संघले मागपत्र प्रमाणीकरण प्रक्रियामा देखिएका समस्या र जटिलतासम्बन्धी आधिकारिक पत्र पेश गर्दै परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा आएको समस्या तथा प्रमाणीकरणमा अत्यधिक ढिलाइ जस्ता विषय उठाएको छ ।

मागपत्र प्रमाणीकरणका लागि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)लाई नै पुनः कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाउनसमेत मन्त्री भण्डारीलाई अनुरोध गरिएको संघका महासचिव महेशकुमार बस्नेतले जानकारी दिए ।

संघको प्रतिनिधिमण्डलमा वरिष्ठ व्यवसायी हेम गुरुङ, नवराज केसी, कोषाध्यक्ष धनु सिञ्जालीलगायतका व्यवसायी सहभागी रहेका थिए ।

ताजा खबर

सम्बन्धित खबर