२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कतारले इरानी मिसाइलको घटनाबाट क्षति पुगेका नागरिक र बासिन्दालाई क्षतिपूर्ति दिने

Nada
तिलु शर्मा पौडेल
२०८२ असार ३० गते १४:२७
Shares
कतारले इरानी मिसाइलको घटनाबाट क्षति पुगेका नागरिक र बासिन्दालाई क्षतिपूर्ति दिने

दोहा, कतार : गत जुन २३ मा इरानले कतारमा अवस्थित अमेरिकी एयर बेसमा गरेको मिसाइल आक्रमणबाट क्षति पुगेका कतारी नागरिक र कतारमा बसोबास गर्ने विदेशी बासिन्दालाई क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेको छ ।

ncell

कतारका अमिर महामहिम शेख तमीम बिन हमाद अल थानीको निर्देशनमा गृह मन्त्रालयअन्तर्गतको सिभिल डिफेन्स काउन्सिलले इरानी मिसाइल रोक्दा खसेका सेलका टुक्राका कारण निजी सम्पत्तिमा क्षति पुगेका बासिन्दालाई क्षतिपूर्ति प्रदान गरिने घोषणा गरेको हो l

क्षतिपूर्ति प्रदान गरिनेमा घर, सवारी साधन, संरचना तथा व्यावसायिक क्षेत्रमा भएको क्षतिलाई समेटिएको छ । यस्ता क्षति पहिले नै सम्बन्धित सुरक्षा निकायमा आधिकारिक रूपमा दर्ता गरिएको हुनुपर्नेछ ।

सिभिल डिफेन्स काउन्सिलले सम्बन्धित व्यक्तिहरूलाई सम्पर्क गरी कानुन र नियम अनुसार क्षतिपूर्ति प्रक्रिया अगाडि बढाउनेछ भने हालसम्म आफ्नो क्षति रिपोर्ट नगरेका व्यक्तिहरूले मेट्रास मोबाइल एपमार्फत क्षतिपूर्ति माग गर्न सक्ने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर