२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

Nada
२०८२ असार २६ गते २२:१९
Shares
बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले नवलपरासी (पूर्व) सुनवल १० की अकृजा भन्ने बिन्दु पोखरेललाई पक्राउ गरेको हो ।

ncell

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले हालसम्म खुलेका १९ जना पीडितलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै ४१ लाख ५० हजार लिएको देखिएको जानकारी दिए ।

९ लाख रुपैयाँ बैंकिङ कसुर मुद्दामा झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएकी पोखरेललाई वैदेशिक रोजगार न्यायाधिकरणबाट वैदेशिक रोजगारसम्बन्धी थप दुई अभियोगका ३२ लाख ५० हजारको मुद्दामा पनि पक्राउ अनुमति प्रदान भएको बताए ।

उनलाई ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ५ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनलाई मुद्दा चलाउन वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको आचार्यले जानकारी दिए ।

प्रहरीले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि  विभिन्न देश लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाइ सम्पर्कविहीन हुने क्रम बढेको भन्दै सचेत हुन आग्रह गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर