२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

टेक्सास बाढी : मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, उद्धार जारी

Nada
२०८२ असार २२ गते १०:३४
Shares
टेक्सास बाढी : मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, उद्धार जारी

काठमाडौँ : अमेरिकाको टेक्सासमा बाढीबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । यीमध्ये १५ जना बालबालिका छन् ।

ncell

ग्वाडालुप नदी किनारको एक क्रिश्चियन युवा क्याम्पमा रहेका बालबालिका बाढीबाट बेपत्ता भएका हुन् । प्रारम्भिक विवरण अनुसार लगभग ८ सय ५० जनालाई उद्धार गरिएको छ । यस क्षेत्रमा अर्को हप्तासम्म बाढीको प्रभाव रहने भन्दै सुरक्षित रहन चेतावनी जारी गरिएको छ । 

टेक्सासका गभर्नर ग्रेग एबटले राहत र उद्धारको काम जारी रहेको बताएका छन् ।  ग्वाडालुप नदीमा २५ फिटभन्दा माथिको बाढी आउँदा बालबालिका रहेको क्याम्प बगेको बताइएको छ । संघीय सरकारका अधिकारीहरूले उद्धार र खोजी कार्यका लागि कोष्ट गार्ड परिचालनको तयारी गरिएको छ ।

सम्बन्धित खबर