२०८२ असार १९ गते बिहिवार / Jul 03 , 2025 , Thursday
२०८२ असार १९ गते बिहिवार
Ads

ट्रम्पले गरे भियतनामसँग व्यापार सम्झौताको घोषणा

shivam cement
मध्यान्ह
२०८२ असार १९ गते ११:१७
ट्रम्पले गरे भियतनामसँग व्यापार सम्झौताको घोषणा

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् । उक्त सम्झौता अनुसार अब भियतनामबाट आयात हुने सामानमा अमेरिकाले २० प्रतिशत भन्सार शुल्क लगाउनेछ ।

ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यो सम्झौताअनुसार भियतनामले अमेरिकी वस्तुमा कुनै शुल्क नलगाउने उल्लेख गरेका छन् ।

यसअघि अमेरिका भियतनामबाट आयात हुने वस्तुहरूमा ४६ प्रतिशत ट्यारिफ लगाउने निर्णयमा पुगेको थियो, जुन जुलाईको दोस्रो सातादेखि लागु गरिनुपर्ने थियो ।

हाल यूरोपेली संघ, जापानलगायत दर्जनौं देशहरू अमेरिकाको भन्सार शुल्क वृद्धि नीतिको प्रभाव लागु हुनु अघि नै अमेरिकासँग व्यापार सम्झौता गर्न खोजिरहेका छन् ।

बेलायत र चीनसँगको सम्झौपछिको यो तेस्रो व्यापार सम्झौता हो, जुन आगामी जुलाई ९ को समयसीमाभित्र गरिन लागेको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise