दोहा, कतार : कतारले आफ्नो एक रियालको नोटमा केही परिवर्तन ल्याएको छ । कतारको केन्द्रीय बैंकले नोट संशोधनको पाँचौं शृंखलामा एक रियालको नोटमा केही परिवर्तन गरेको घोषणा गरेको छ ।
नयाँ नोटमा देशको प्रतीक चिह्न, अरबी अंक र जारी मितिमा परिवर्तन गरिएको छ l बैंकका अनुसार पुरानो एक रियालको नोट चलन चल्तीमै रहने र अन्य नोटहरूमा पनि परिवर्तन आउने जनाएको छ ।