२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

पाकिस्तानमा बाढीका कारण ११ जनाको मृत्यु

Nada
२०८२ असार १४ गते १७:४९
Shares
पाकिस्तानमा बाढीका कारण ११ जनाको मृत्यु

काठमाडौँ : पाकिस्तानको उत्तर-पश्चिमी पहाडी क्षेत्रमा अत्यधिक वर्षा र बाढीका कारण बालबालिका र महिलासहित ११ जनाको मृत्यु भएको छ ।

ncell

खैबर पख्तुनख्वा प्रान्तको विपद् व्यवस्थापन निकायका अनुसार पछिल्लो २४ घण्टामा आएको आकस्मिक बाढी र पहिरोले चार बालबालिका र तीन महिलासहित ११ जनाको ज्यान लिएको छ भने अन्य ६ जना घाइते भएका छन् । 

बाढीका कारण ५६ वटा घरमा क्षति पुगेको छ भने ६ वटा घर पूर्ण रूपमा भत्किएको प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्रिय जलवायु तथा मौसम विभागले मंगलबारसम्म अझै भारी वर्षा र आकस्मिक बाढीको जोखिम रहेको चेतावनी दिएको छ ।

सम्बन्धित खबर