२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मलेसियामा महँगी दर घट्दै, उपभोक्ता राहतमा

Nada
२०८२ असार ११ गते १२:११
Shares
मलेसियामा महँगी दर घट्दै, उपभोक्ता राहतमा

काठमाडौँ : मलेसियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी दर) घटेर १.२ प्रतिशतमा झरेको छ, जुन पछिल्ला ५१ महिनाको सबैभन्दा न्यून दर भएको सरकारी तथ्यांकले देखाएको छ ।

ncell

मलेसियाको तथ्यांक विभागका अनुसार, महँगीको यो कमीको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट हो । तेल सस्तो हुँदा उत्पादन तथा यातायात खर्च कम हुने भएकाले दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा समेत स्थिरता आएको बुझिएको छ ।

उत्पादन लागत घटेको संकेत स्थानीय उत्पादन मूल्य सूचकांक (पीपीआई) मा पनि देखिएको छ, जुन चालु वर्षको अप्रिल महिनामा ३.४ प्रतिशतले ऋणात्मक रहेको थियो। यसमा खानी तथा उत्खनन क्षेत्रको योगदान प्रमुख रहेको छ, जहाँ मूल्य १७.८ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ ।

त्यस्तै, उपभोक्ता मूल्य सूचकांकमा महत्त्वपूर्ण स्थान ओगट्ने खाद्य तथा पेय पदार्थ समूहमा पनि मूल्य वृद्धिको गति सुस्तिएको देखिन्छ । यो समूहको मूल्य वृद्धि मे महिनामा २।१ प्रतिशतमा सीमित भएको हो ।

यद्यपि, मासिक रूपमा हेर्दा भने एप्रिलको तुलनामा मे महिनामा समग्र महँगी दर ०.१ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ ।

समग्रमा, मलेसियामा पछिल्लो समय मूल्य स्थिरता कायम रहन थालेको देखिन्छ, जुन उपभोक्ता तथा आम नागरिकको लागि सकारात्मक संकेत मानिएको छ । मूल्यवृद्धिमा आएको कमीले जनताको दैनिक जीवनमा सहजता ल्याउने आशा गरिएको छ ।

सम्बन्धित खबर