२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्ध विरामको घोषणा

Nada
२०८२ असार १० गते ०७:२१
Shares
राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्ध विरामको घोषणा

न्यूयोर्क : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्ध विराममा सहमति गरेको घोषणा गरेका छन् ।

ncell

उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्ध विराम केही घण्टाभित्र लागू हुने बताएका हुन् । प्रारम्भमा इरानले युद्ध विराम सुरु गर्नेछ भने त्यसको १२ घण्टापछि इजरायलले पनि त्यसमा सहभागी हुने जनाइएको छ । त्यसपछि २४ घण्टाको समयावधिमा दुवै पक्षले युद्धको औपचारिक अन्त्यको घोषणा गर्नेछन् ।

राष्ट्रपति ट्रम्पले दुवै राष्ट्रले धैर्य, साहस र समझदारी देखाएकोमा बधाई दिँदै, यस सहमतिले दीर्घकालीन विनाशबाट सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई बचाउन सक्ने विश्वास व्यक्त गरेका छन् ।

उनले अन्त्यमा सबैलाई एकताको सन्देश दिँदै भनेका छन्, ‘ईश्वरले इजरायललाई आशीर्वाद दिनुहोस्, ईश्वरले इरानलाई आशीर्वाद दिनुहोस्, ईश्वरले मध्यपूर्व, संयुक्त राज्य अमेरिका तथा समग्र विश्वलाई पनि आशीर्वाद दिनुहोस् ।’

हालसम्म यसबारे इजरायल र इरानबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । अमेरिकी राष्ट्रपतिको कार्यालय र रक्षा मन्त्रालयबाट पनि यसबारेमा औपचारिक धारणा सार्वजनिक गरिएको छैन ।

सम्बन्धित खबर