२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय दिइने ट्रम्पको घोषणा

shivam cement
मध्यान्ह
२०८२ असार ८ गते १०:२३
इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय दिइने ट्रम्पको घोषणा

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको समय दिने घोषणा गरेका छन् ।

“हामी इरानसँग कुरा गर्नेछौँ र के गर्ने भनेर निर्णय लिनेछौँ”, ट्रम्पले भने, “इरानका बारेमा अमेरिकाले के गर्ने भन्ने निर्णय अहिले नै गर्न सकिँदैन।”

ट्रम्पले गत जुन १३ देखि इरानविरुद्ध इजरायलले सुरु गरेको कारबाहीमा आफ्नो देशको सहभागिताबारे दुई हप्ताभित्र निर्णय गर्ने घोषणा गरेका हुन् ।  

उनले भने, “इरान युरोपसँग होइन, संयुक्त राज्य अमेरिकासँग कुरा गर्न चाहन्छ, तेहरानले आणविक हतियार राख्ने वा नराख्ने भन्ने निर्णय लिन थप केही समय (दुई हप्ता) को समय पाउनेछ ।” इजरायलले इरानमाथिको हवाई आक्रमण रोक्नुपर्ने मागलाई अस्वीकार गर्दै आएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले परिस्थितिले अनुमति दिएमा इरान र इजरायलबीच युद्ध विरामको समर्थन गर्न सक्ने स्पष्ट पार्दै भने, “इरानीहरू होशमा आउँछन् कि आउँदैनन् भनेर हेर्नका लागि दुई हप्ता उपयुक्त समय हो।”

ADV

सम्बन्धित खबर

Advertise