२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नवीकरणमा कर्मचारी विवरण र गुगल म्याप अनिवार्य

Nada
२०८२ जेठ ३० गते ०६:३०
Shares
नवीकरणमा कर्मचारी विवरण र गुगल म्याप अनिवार्य

काठमाडौं : वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीको नवीकरण गर्ने सूचनामा करचुक्तालगायत परम्परागतरूपमा माग गर्ने कागजातसहित म्यानपावर कम्पनीमा कार्यरत सञ्चालक तथा कर्मचारीको विवरण र गुगल प्लस कोडसहितको अपडेट गुगल म्याप माग गरेको छ ।

ncell

विभागले म्यानपावर कम्पनीसहित स्वीकृति प्राप्त शाखा कार्यालयहरू, अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरू, केयर गिभरसम्बन्धी सीप विकास तालिम प्रदायक संस्थाहरू, घरेलु कामदारसम्बन्धी सीप विकास तालिम प्रदायक संस्थाहरू, वैदेशिक रोजगारमा जाने कामदारहरूलाई सीपमूलक तालिम प्रदान गर्ने संस्थाहरू एवम् खास देश पठाउनका लागि सूचीकृत भएका संस्थाहरूलाई कानुनबमोजिम तोकिएको समयावधिभित्र इजाजतपत्र अनुमतिपत्र नवीकरण गर्न आग्रह गरेको छ ।   

म्यानपावर कम्पनीहरूको नवीकरणका लागि संस्था रहेको डिजिटल ठेगाना खुल्ने गरी गुगल प्लस कोड अनिवार्य गरेको हो । गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने र संस्थाको वेबसाइटमा समेत अनिवार्यरूपमा राख्नुपर्ने प्रावधान गरेको हो ।

वैदेशिक रोजगार व्यवसायीले नियमितरूपमा असार मसान्तसम्म र जरिवाना तिरेर असोज मसान्तसम्ममा इजाजत नवीकरण गर्न पाउने व्यवस्था छ । हाल १ हजार ४३ म्यानपावर कम्पनी दर्ता रहेका छन् । त्यसमध्ये कतिपयले एकैपटक ३ आर्थिक वर्षको नवीकरण गराइसकेका छन् ।

ताजा खबर

सम्बन्धित खबर