२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेप्से दोहोरो अंकले घट्दा १७० कम्पनीको शेयर मूल्यमा गिरावट

Nada
२०८२ जेठ २८ गते १५:३६
Shares
नेप्से दोहोरो अंकले घट्दा १७० कम्पनीको शेयर मूल्यमा गिरावट

काठमाडौंः बुधबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १३.६९ अंकले घटेर २हजार ६६४ को विन्दुमा कायम भएको छ । नेप्सेसँगै १७० कम्पनीको शेयर मूल्य घटेको छ । ७७ कम्पनीको शेयर मूल्य बढेको छ । १ कम्पनीको शेयर मूल्य स्थिर छ ।

ncell

समूहगत रुपमा हाइड्रोपावर बाहेक सबै समूहका सूचक घटेका छन् । हाइड्रोपावर १.१३ प्रतिशतले बढेको छ ।

फाइनान्स समूहकाे सूचक १.३१ प्रतिशतले घट्यो भने बैंकिङ ०.५१, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.०८, लगानी १.०७, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.६१, माइक्रोफाइनान्स ०.४१, निर्जीवन बीमा ०.७१, अन्य १.५७ र व्यापार समूहकाे सूचक ०.९२ प्रतिशतले घटेको छ ।

आज ३०७ कम्पनीको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ६१ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावरको ५९ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको ५८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

ताजा खबर

सम्बन्धित खबर