२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बढ्दै नेप्सेको आकार : १० महिनामा ५८ अर्ब ४३ करोड बराबरको शेयर सूचीकृत

Nada
२०८२ जेठ २७ गते २१:०८
Shares
बढ्दै नेप्सेको आकार : १० महिनामा ५८ अर्ब ४३ करोड बराबरको शेयर सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शेयर सूचीकरणको परिमाण निरन्तर बढ्दो क्रममा छ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना अर्थात् वैशाख मसान्तसम्मा कुल ५८ अर्ब ४३ करोड रुपैयाँ बराबरको थप धितोपत्र नेप्सेमा सूचीकृत भएको हो ।

ncell

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले आर्थिक वर्ष २०८१/८२ को दश महिनामा २१ अर्ब ८ करोड रुपैयाँ बराबरको बोनस शेयर, २० अर्ब ३८ करोड रुपैयाँ बराबरको साधारण शेयर, ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १० करोड रुपैयाँ ६९ लाख बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य शेयर नेप्सेमा सूचीकृत भएको जनाएको हो । 

२०८१ वैशाख मसान्तमा १९९८.८९ रहेको नेप्से सूचकांक २०८२ वैशाख मसान्तमा २६२०.२७ कायम भएको थियो । २०८२ वैशाख मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको केन्द्रीय बैंकले जनाएको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेको तथ्यांकमा उल्लेख छ । 

नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५२.४ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १५.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

नेप्सेमा २०८२ वैशाख मसान्तमा सूचीकृत ८ अर्ब ७४ करोड रुपैयाँ शेयरको चुक्ता मूल्य ८६१ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा ३४ अर्ब ५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति नेपाल धितोपत्र बोर्डले दिएको छ । जसमा १३ अर्ब १९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, ११ अर्ब ८० करोड रुपैयाँ बराबरको म्यूचुअल फण्ड, ६ अर्ब ८२ करोड रुपैयाँ बराबरको डिबेन्चर र २ अर्ब २४ करोड रुपैयाँ बराबरको साधारण शेयर रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर