२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

छाला जुत्ता उत्पादक संघको १३ सदस्यीय कार्यसमिति चयन

Nada
२०८२ जेठ २७ गते १५:०५
Shares
छाला जुत्ता उत्पादक संघको १३ सदस्यीय कार्यसमिति चयन

काठमाडौं :  नेपाल छाला जुत्ता उत्पादक संघको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंमा आयोजना भएको उक्त साधारणसभाबाट हरिराम बोगटीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमति चयन भएको छ । कार्यसमितिको पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा दिलकुमार बिशुन्खे र लक्ष्मण मंग्राती, महासचिवमा विधान बोगटी, सचिवमा कुमार मंग्राती, सह-सचिवमा सानुबाबु बोगटी र कोषाध्यक्षमा परमेश बिशंखे चयन भएका हुन् । 

ncell

साधारणसभाबाट निर्वाचित भएपश्चात् संघका अध्यक्ष बोगटीले छाला जुत्ता उ‌द्योगको संस्थागत विस्तार र उद्यमीहरुको हितमा सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । परम्परागत नेपाली छाला जुत्ता उ‌द्योगको बजार विस्तार, गुणस्तर सुधार र नवीन प्रविधको उपयोग गरेर जानुपर्नेमा जोड दिँदै उनले झन्डै ८० प्रतिशत नेपाली जुत्ता बजार स्वदेशी उत्पादनले धान्न सफल भएकाले स्वदेशी उत्पादनको शतप्रतिशत आत्मनिर्भर बनाउन लागिपर्ने प्रतिबद्धता जनाए ।

गत शनिबार काठमाडौंमा आयोजना भएको उक्त कार्यक्रममा नेपाल घरेलु तथा साना उ‌द्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, काठमाडौं उ‌द्योग तथा वाणज्यि कार्यालयका प्रमुख, समितिका सल्लाहकार, संघमा आबद्ध उद्यमी, पेशागत व्यवसायीलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर