२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता होइनः अर्थमन्त्री पौडेल

Nada
२०८२ जेठ २७ गते ११:१८
Shares
बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता होइनः अर्थमन्त्री पौडेल

काठमाडौंः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

ncell

उनले अध्यादेशका मार्फतबाट कानुनहरु संशोधन गर्दा पनि सरकारले आर्थिक सुधारको अन्तिम किस्ता अध्यादेश नभएको बताइएको र बजेट पनि अर्थतन्त्र सुधारको अन्तिम किस्ता नरहेको जिकिर गरे । उनले आर्थिक सुधारको अर्को चरणको रुपमा बजेट आएको उल्लेख गरे । अर्थमन्त्री पौडेलले सुधारको श्रृंखलाको अन्तिम कडी बजेट नभएको बताउँदै सुधारका अरु आवश्यक कदमहरु चाल्दै जाने बताए । नेपालमा स्वदेशी र विदेशी लगानीको मात्रा र दायरा नबढेसम्म, उत्पादन उत्पादकत्व वृद्धि नभएसम्म, देशभित्र रोजगारी सिर्जना हुने र हरेक नेपालीले आफ्नो भविष्य देशभित्र देख्ने स्थिति सिर्जना नभएसम्म र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण नभएसम्म एवं नागरिकलाई सुखी जीवनको प्रत्याभुति दिन नसकेसम्म सुधारको श्रृंखला जारी रहने जिकिर गरे ।

उपप्रधानमन्त्री पौडेलले भने, ‘यो बजेट पनि आर्थिक सुधारको अन्तिम किस्ता होइन । जसरी हामी भनिरहेका थियौँ, अध्यादेशका मार्फतबाट कानूनहरु संशोधन गरियो, यो आर्थिक सुधारको अन्तिम किस्ता होइन भनेर जसरी हामी भनिरहेका थियौँ । आर्थिक सुधारको अर्को स्टेपका रुपमा बजेट आएको छ । यस्तै गरी म फेरि पनि राख्न चाहन्छु, सुधारको श्रृंखलाको अन्तिम कडी बजेट होइन । हामी सुधारका अरु आवश्यक कदमहरु चाल्दै जान्छौँ । तबसम्म चाल्छौँ जबसम्म साँच्चि नै नेपालमा स्वदेशी र विदेशी लगानीको मात्रा र दायरा बढ्दैन, जबसम्म उत्पादन उत्पादकत्व वृद्धि हुँदैन, जबसम्म देशभित्र रोजगारी सिर्जना हुने, देशभित्र भविष्य खोज्ने हरेक नेपालीले आफ्नो भविष्य देशभित्र देख्ने स्थिति सिर्जना हुँदैन, जबसम्म सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण हुन सक्दैन, जबसम्म नागरिकलाई सुखी जीवनको प्रत्याभुति गर्न सक्दैनौँ तबसम्म सुधारको श्रृंखला जारी रहन्छ । एकपछि अर्का सुधारका कामहरु गर्दै जान्छौँ ।’

उपप्रधानमन्त्री पौडेलले बजेटसँग निजी क्षेत्रहरुले उत्साहका साथ प्रतिक्रिया दिएको बताउँदै त्यसप्रति सम्मान व्यक्त गरे । उनले बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक सहयोग र सुझाव दिन आग्रह गरे । 

ताजा खबर

सम्बन्धित खबर