२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

फोटो पत्रकार वन्त म्युजिक खबर फोटो पत्रकारिता अवार्डबाट सम्मानित, दीर्घ साधना सम्मान यादव खरेललाई

Nada
२०८२ जेठ २५ गते ०९:४३
Shares
फोटो पत्रकार वन्त म्युजिक खबर फोटो पत्रकारिता अवार्डबाट सम्मानित, दीर्घ साधना सम्मान यादव खरेललाई

काठमाडौँ : फोटो पत्रकार प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित भएका छन् । म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा उनलाई सम्मान गरिएको हो । 

ncell

कार्यक्रममा विशिष्ट गीतकार यादव खरेललाई म्युजिक खबर दीर्घ साधना सम्मान–२०८१ अर्पण गरिएको थियो । उललाई रु ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरिएको हो ।

यस वर्षको म्युजिक खबर रजत संगीत सम्मान–२०८१ गायक तिलकसिंह पेलालाई अर्पण गरिएको थियो भने यस वर्षको म्युजिक खबर दशक संगीत सम्मान गायक खुमन अधिकारी र गायिका जुनु रिजाल काफ्लेलाई प्रदान गरिएको थियो । 

यस वर्षको म्युजिक खबर युवा संगीत सम्मान गायिका मीना लामालाई अर्पण गरिएको छ । त्यसैगरी यस वर्षको म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार रङ्गपत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहले प्राप्त गरेका छन् । उनीहरू दुवै जनालाई ५ हजार ५५५ रुपैया नगद राशिसहित पुरस्कार प्रदान गरिएको थियो । 

त्यसैगरी यस वर्षको बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका पूजा देवकोटालाई दिइएको थियो । म्युजिक खबर डायस्पोरा संगीत सम्मान गीतकार डा. रमिल अधिकारीलाई प्रदान गरिएको छ । यस वर्ष संगीत क्षेत्रमा व्यावसायिक रूपमा क्रियाशील विमल शाहले म्युजिक खबर संगीत व्यवसायी सम्मान पाएका छन् ।

अन्य विभिन्न विधागत गीत संगीतका गायक, गायिका, मोडल तथा संगीतकर्मीहरूलाई विधागत अवार्ड पनि प्रदान गरिएको थियो । म्युजिक खबर म्युजिक अवार्ड कार्यक्रमका निर्देशक वरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रियले विगत १२ वर्षदेखि यस्तो कार्यक्रम गरिँदै आएको जानकारी दिए ।

सुमन पण्डित अध्यक्ष रहेको अवार्ड कार्यक्रममा वरिष्ठ कलाकार, निर्देशक, हाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, वरिष्ठ गायक, संगीतकार नारायण रायमाझी, वरिष्ठ कलाकार एवं निर्देशक हाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ गायिका देविका बन्दनालगायतको उपस्थिति थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर