२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

बागमतीका प्रमुख र उपप्रमुखसहित ६ जनाविरुद्ध वन मुद्दा

Nada
२०८२ वैशाख ११ गते १६:१२
Shares
बागमतीका प्रमुख र उपप्रमुखसहित ६ जनाविरुद्ध वन मुद्दा

काठमाडौं : सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा र उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६जनाविरुद्ध वन मुद्दा दायर भएको छ । 

ncell

नगरप्रमुख थापा, उपप्रमुख मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, नगरपालिकाका इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध सर्लाही जिल्ला अदालतमा बिहीबार मुद्दा वन दर्ता भएको हो । 

वन अतिक्रमण, ताल निर्माण, ढुंगा गिट्टी, बालुवा, माटो उत्खनन् गरी हानीनोक्सानी गरेको अभियोगमा उनीहरू विरुद्ध वन मुद्दा दायर भएको हो । मुद्दा वन तथा वातावरण मन्त्रालयले दायर गरेको हो ।

उनीहरूविरुद्ध ५ वर्षसम्मको कैद वा एक लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुनुपर्ने मागदाबी छ ।  
प्रमुख थापाले नगरपालिकाको नगरसभा तथा कार्यपालिकाबाट निर्णय गराएर सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रको जग्गामा भरत ताल निर्माण गराएका थिए ।

सागरनाथ विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी, परियोजनाको बिनाकुनै स्वीकृति त्यस क्षेत्रको ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरी माछा पोखरी खन्ने भनेर बनाएको परियोजनालाई पछि नगर प्रमुखकै नामबाट भरत ताल नाम राखिएको थियो ।  

अहिले यो ठाउँ पर्यटकीय स्थल बनेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २९ जेठ २०८१मा प्रमुख थापा, उपप्रमुख मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख चौधरीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
 

ताजा खबर

सम्बन्धित खबर