२०८२ कार्तिक ४ गते मङ्गलवार / Oct 21 , 2025 , Tuesday
२०८२ कार्तिक ४ गते मङ्गलवार
Ads

३ सामाजिक संस्थाको संयुक्त आयोजनामा कतारमा बृहत् रक्तदान कार्यक्रम हुने

shivam cement
तिलु शर्मा पौडेल
२०८२ वैशाख ९ गते १८:३७
३ सामाजिक संस्थाको संयुक्त आयोजनामा कतारमा बृहत् रक्तदान कार्यक्रम हुने

दोहा, कतार : साविकको धौलागिरि अञ्चलका कतारमा स्थापित ३ जिल्ला संस्थाले संयुक्त रूपमा बृहत् रक्तदान कार्यक्रमको आयोजना  गर्ने भएको छ । नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा पर्वत समाज कतार, म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार र बागलुङ सेवा समाजले आगामी शुक्रवार कतारको हमाद हस्पिटल अन्तर्गतको नेसनल ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको आयोजक संस्थाहरूले जनाएका छन् ।

आयोजक संस्थाहरूले एकसाथ सूचना जारी गर्दै “रक्तदान जीवनदान” भन्ने मूल नारालाई आत्मसात् गर्दै तीन वटा संस्थाले फरक फरक मितिमा कार्यक्रम गर्नु भन्दा एकै पटक रक्तदान कार्यक्रम आयोजना गर्दा प्रभावकारी बन्नेमा विश्वास व्यक्त गरेका छन् । आयोजकले कतारमा स्थापित सम्पूर्ण नेपाली संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्तालगायत सम्पूर्ण नेपालीलाई कार्यक्रममा सरिक भइ रक्तदान गरी पुण्यको कार्यमा योगदान गर्न आग्रह गरेका छन् ।

कतार प्रवेश गरेको ४ महिना पूरा भएको जो कसैले पनि रक्तदान गर्न सकिने हुँदा रक्तदाताले रक्तदान गर्न आउँदा आफ्नो कतारी आइडी, लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य लिएर आउनु पर्नेछ । यदि पहिले रक्तदान गरेको भए २ महिना (६० दिन) पुरा भएको, कम्तीमा ८ घण्टा सुतेको, कुनैपनि एन्टीबायोटिक औषधि सेवन नगरेको र पछिल्लो २४ घण्टा भित्र मदिरापान सेवन नगरेको हुनुपर्नेछ । रक्तदाताको उमेर १८ देखि ६५ हुनुपर्नेछ र तौल कम्तीमा ५० केजी हुनुपर्ने आयोजकले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise