२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

चार्टर्ड विमानमार्फत अमेरिकाले फर्काए ३ नेपाली

Nada
२०८२ वैशाख ६ गते १८:२०
Shares
चार्टर्ड विमानमार्फत अमेरिकाले फर्काए ३ नेपाली

काठमाडौं : अमेरिकाले ३ नेपालीलाई चार्टड विमानमार्फत नेपाल फर्काएको छ । अमेरिकाको टेक्सासमा अवैध रूपमा बस्दै आएका ३ युवकलाई शनिबार काठमाडौं छाडिएको हो । 

ncell

पर्वत, दाङ र रुकुम पश्चिमका ३ युवालाई अमेरिकाले नेपालसम्म ल्याइएको हो । विमानमा ७ जना रहेकोमा ४ बंगलादेशीलाई ढाकामा छाडेर ३ नेपालीलाई काठमाडौं ल्याएर छाडिएको हो । उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको विमानस्थलस्थित अध्यागमन प्रमुख तिर्थराज भट्टराईले बताए । 

यसअघि २१ फागुनमा चार्टड विमानमार्फत ८ नेपालीलाई काठमाडौं ल्याइएको थियो । 

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले कार्यभार सुरु गरेयता अवैध रुपमा बस्दै आएका आप्रवासीविरुद्ध कारबाहीलाई तीव्र बनाइएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर