२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

महालक्ष्मी नगरपालिका–९ का ज्येष्ठ नागरिकलाई तीर्थाटन

Nada
दीपकप्रसाद घिमिरे
२०८२ वैशाख १ गते २०:२२
Shares
महालक्ष्मी नगरपालिका–९ का ज्येष्ठ नागरिकलाई तीर्थाटन

ललितपुर : ललितपुर महालक्ष्मी नगरपालिका–९ द्वारा ज्येष्ठ नागरिकलाई चितवन,तनहुँ र नवलपराशीको त्रिवेणीमा रहेको देवघाटमा तिर्थाटन यात्रा गराइएकोे छ । 

ncell

तीर्थाटन ०८१ चैत २९ गते बिहान सुरु भएको यात्रा देवघाट पुगेर बास बसी चैत ३० गते बिहानै देवघाटमा स्नान, भजन किर्तन र प्रवचन सुन्ने कार्यपछि भोजन गरी ललितपुरतर्पm फर्काइएको थियो । यात्रीहरु चैत ३० गते बेलुकी गन्तव्यमा पुगेको वडाध्यक्ष जयकृष्ण बोगटीले जानकारी दिए । 

४ वटा पर्यटकीय बसमा वडा सदस्यहरू शशिधर पोखरेल, सरिता पोखरेल, बेली सुर्खेती, कुमार बयलकोटी र वडा सचिव नारायण कुमार श्रेष्ठको नेतृत्वमा कर्मचारी समेत, स्वास्थ्यकर्मी र स्वयम्सेवीका समेतको सहयोगमा ८५ जना ज्येष्ठ नागरिकलाई तीर्थाटन गराइएको वडा सचिव नारायण कुमार श्रेष्ठले जानकारी दिए । ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनगर गर्दै हरेक गाडीमा औषधीदेखि स्वास्थ्यकर्मी, खाजा, फलपूmलको समेत व्यवस्था गरिएको थियो । बुढेसकालमा टोलछिमेकमा पुराना दौतरीसँग ऐतिहासिक भूमि देवघाटको भ्रमण गर्न पाउँदा ज्येष्ठ नागरिकहरू हर्षित भएका थिए । 

नगर प्रमुख हरिगोबिन्द श्रेष्ठ, नगर उपप्रमुख लक्ष्मी महर्जनले ज्येष्ठ नागरिकहरुलाई शुभयात्रासहित सफल भ्रमणको शुभकामना दिँदै बिदाइ गरेका थिए । 

उमेरले ८२ वर्ष पुगेका ज्येष्ठ नागरिक रामनाथ शर्मा पौडेलले समय परिस्थितिअनुसार भेटघाट नभएको अवस्थामा ज्येष्ठ नागरिकले एक आपसमा विचार आदान –प्रदान, भेटघाट र परिचयमा थप निखरता ल्याएको बताए । 

स्थानीय सरकारले ज्येष्ठ नागरिक लक्षित कार्यक्रम के कसरी गर्न सक्छन् र उनीहरुप्रति कस्तो जवाफदेहिता प्रदर्शन गर्छन् भन्ने उदाहरण प्रस्तुत गर्न पनि यो कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष बोगटीले बताए । 

वडा सदस्य शशिधर पोखरेलले ज्येष्ठ नागरिक तीर्थाटनलाई व्यवस्थित गर्न ६८ वर्षभन्दा पहिला भिन्न–भिन्न पेशा व्यवसाय गरेका ज्येष्ठ नागरिकको अनुभव आदान प्रदानका साथै आन्तरिक पर्यटन विकासमा राज्यलाई टेवा पुग्ने विश्वास लिइएको बताए । 

ताजा खबर

सम्बन्धित खबर