२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

वीरगन्जमा सामाजिक सद्‍भाव कायम राख्न अपिल

Nada
२०८१ चैत ३१ गते १५:३४
Shares
वीरगन्जमा सामाजिक सद्‍भाव कायम राख्न अपिल

वीरगंज : वीरगन्जमा जारी तनाव मत्थर गर्न ३ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ ।

ncell

तनाव अन्त्य गर्न आइतबार बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम गर्न सर्वसाधारणसँग अपिल समेत गरेको छ । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल प्रहरीका पर्सा प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरीका पर्सा प्रहरी उपरीक्षक राधेश्याम धिमाल, नेपाली सेनाका वीरगन्जस्थित श्री जंग गण तथा विभिन्न दलका जिल्ला प्रमुख एवम् प्रतिनिधि सम्मिलित बैठकले ३ बुँदे प्रतिबद्धता जाहेर गर्दै सामाजिक सद्भाव कायम गर्न अपिल गरेको हो ।

प्रतिबद्धतामा शान्ति, अमनचयनमा खलल हुने किसिमका धार्मिक एवम् सामुदायिक प्रकारका र्‍याली, बन्द आदि कार्यक्रम एवम् गतिविधि कुनै पनि संघसंस्था एवम् समुदायले नगर्ने प्रतिबद्धतासहित सामाजिक सद्भाव कायम गर्न सबै आम जनसमुदायमा अपिल गरिएको छ ।

बैठकले शनिबार शोभा यात्रा मनाउन निकालिएको यात्राका क्रममा विवाद उत्पन्न गर्ने कार्यमा संलग्न जो सुकै भए पनि कानुनको दायरामा ल्याई कडा कानुनी कारबाहीको माग गरेको छ ।  
 

ताजा खबर

सम्बन्धित खबर