२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार

Nada
२०८१ चैत २६ गते ०९:००
Shares
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार

म्याग्दी : अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ । 

ncell

समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा हिमाल, सूर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यावलोकन गरी प्रकृतिमा रमाउन आउने पर्यटकको सुविधाका लागि नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत् सुविधा विस्तार गरेको हो ।

पर्यटकको सहजताका लागि पदमार्ग उज्यालो बनाउन, विद्युतीय उपकरण चार्ज गर्न र केही तल रहेको मूलबाट पानी तान्ने उद्देश्यले घोडेपानीबाट १५ वटा पोल र एक किलोमिटर एबिसी तार तानेर पुनहिलमा विद्युत् सुविधा विस्तार गरिएको केन्द्रका प्रमुख सत्यनारायण गामीले जानकारी दिए । 

घोडेपानीवासीको मागअनुसार २०८० साल पुसमा रु २५ लाख खर्चेर विद्युतीयको लाइन पुर्याए पनि गाउँपालिकाले हालै मिटरबक्स जडान गरेपछि विद्युत् वितरण थालिएको उनले बताए । विद्युत् सुविधा भएपछि पदमार्गमा सडक बत्ती जडान गर्न र पुनहिलमा लिफ्ट प्रविधिबाट पानी तानेर लैजाने तयारी गरेको घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताइन् । 

ताजा खबर

सम्बन्धित खबर