२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कृष्णनगरमा नाइट टी-२० क्रिकेट प्रतियोगिता सुरु

Nada
शहबाज खान
२०८१ चैत २४ गते २३:१०
Shares
कृष्णनगरमा नाइट टी-२० क्रिकेट प्रतियोगिता सुरु

कपिलवस्तु : जय नेपाल स्पोर्ट्स क्लब कपिलवस्तुको आयोजनामा कृष्णनगर नगरपालिका–२ स्थित रानी खेल मैदानमा तेस्रो नाइट टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबार राति ९:३० बजे प्रतियोगिताको उद्घाटन गरिएको हो ।

ncell

आयोजकका अनुसार प्रतियोगितामा २४ टिमले सहभागिता जनाएका छन् । विजेता टिमलाई नगद १ लाख ३१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने टिमले ६५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा ग्रान्ड कोस्मो लुम्बिनीले ११ ओभरमा ८१ रनको लक्ष्य दिँदा जवाफमा ग्रान्ड कोस्मोले ५० रन मात्र बनाउन सक्यो । विजयी टिमबाट गोविन्द म्यान अफ द म्याच घोषित भएको आयोजक समितिका तारिक खानले जानकारी दिए।

उद्घाटन सत्रमा कृष्णनगर नगरपालिकाका प्रमुख तथा स्पोर्टस क्लबका संरक्षक रजत प्रताप शाहले क्रिकेटप्रति युवाको आकर्षण बढ्दै गएको बताए। साथै, खेलकुदको विकासका लागि तीनै तहको सरकारको लगानी आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कृष्णानगरका प्रमुख शुशील पौडेल, सशस्त्र प्रहरी निरीक्षक अरुन जंग कुंवर, किफायतुल्ला खान, पूर्व क्रिकेट एम्पायर विजन शर्मा लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो। आयोजक समितिका अध्यक्ष सुहेल खानले आगामी दिनमा पनि क्रिकेटप्रेमी युवाका लागि यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाए।

ताजा खबर

सम्बन्धित खबर