२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

२ महिना भित्रै संक्रमणकालीन २ आयोग बन्छ : दाहाल

Nada
२०८१ चैत २२ गते १६:२६
Shares
२ महिना भित्रै संक्रमणकालीन २ आयोग बन्छ : दाहाल

बर्दिया : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग २ महिनाभित्रै बन्ने बताएका छन् ।

ncell

हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत शुक्रबार बर्दियाको मधुवन नगरपालिकामा आयोजित खबरदारी सभामा उनल भने, ‘मेरै नेतृत्वको सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि विधेयक पारित गरेको थियो ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट मैले आफैँले कार्यदल बनाई राजनीतिक सहमति बनाएर दुबै सदनबाट त्यो पारित भएको छ र अब सत्य निरूपणसँग सम्बन्धित आयोग र बेपत्ता नागरिकसँग सम्बन्धित आयोग छिट्टै बन्दैछन् ।

उनले आयोग गठन गर्न सिफारिस समिति पनि बनिसकेकाले अब २ महिनाभित्रै आयोग बन्ने बताए । आयोग बनेपछि शहीद, बेपत्ता, घाइते, अपाङ्ग तथा जेलनेल बसेका सबै साथीहरूलाई राहत हुने उनको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर