२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

नबिलद्वारा मार्च महिनामा ७ वटा महिलासम्बन्धी कार्यक्रम

Nada
२०८१ चैत १९ गते २०:५९
Shares
नबिलद्वारा मार्च महिनामा ७ वटा महिलासम्बन्धी कार्यक्रम

काठमाडौं : नबिल बैंकले महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, लैंगिक समानता र समावेशिताको प्रवद्र्धन गर्ने उद्देश्यले मार्च महिनाभर देशव्यापी रूपमा ७ वटा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

ncell

सोही सोमबार काठमाडौंमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न भएको थियो । बैंकका स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीद्वारा उद्घाटन गरिएको सो कार्यक्रममा अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाहरूको सशक्तीकरण, क्षमता अभिवृद्धि र अवसर सिर्जनाका लागि बैंक प्रतिबद्ध रहेको बताएका थिए ।

उनले बैंकिङ क्षेत्रमा महिलाहरूका लागि अझै पनि केही चुनौतीहरू रहेको उल्लेख गर्दै महिला नेतृत्व प्रवद्र्धन गर्न नबिल बैंकले विभिन्न पहल गरिरहेको जानकारी दिए । उनले भने, ‘हामी लैंगिक समानता कायम गर्न प्रतिबद्ध छौँ, जब कार्यस्थल समावेशी बन्छ, तब सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ ।’

उनले विश्वव्यापी रूपमा समेत महिलाहरूलाई कम पारिश्रमिक दिने प्रवृत्ति परिवर्तन हुँदै गएको उल्लेख गर्दै भने, ‘कार्यस्थलमा महिलामाथि हिंसाका घटना भइरहेका छन्, यी समस्याहरू समाधान गर्न नेपालले पहिचान गरिसकेको छ, नबिल बैंकले पनि महिलाहरूलाई उच्च नेतृत्वमा ल्याउन र अवसर प्रदान गर्न प्रतिबद्धता जनाएको छ ।’

बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकिङ क्षेत्रमा महिलाहरूको नेतृत्वमा सहभागिता बढाउनु अपरिहार्य रहेको बताए । उनले भने, ‘बैंकिङ क्षेत्रमा महिलाहरूको संख्यात्मक प्रतिनिधित्व बढाउन जरूरी छ, महिलाहरू तथ्यपरक सोच्ने, काममा बढी केन्द्रित हुने र सुशासनमा पनि बढी सक्षम रहेको देखिन्छ, बैंकिङ क्षेत्रमा उनीहरूको सहभागिता बढाउन यस प्रकारका कार्यक्रमहरू महत्वपूर्ण छन् ।’

कार्यक्रममा नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले महिलाहरूको सहभागिता समाजको आर्थिक विकासका लागि महत्वपूर्ण रहेको बताउँदै, संस्कृति परिवर्तनमार्फत् महिला सशक्तीकरण आवश्यक रहेकोमा जोड दिइन् ।

ताजा खबर

सम्बन्धित खबर