२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

म्यान्मामा भूकम्पका कारण उच्चस्तरको आपत्‌कालीन अवस्था

Nada
२०८१ चैत १८ गते १५:११
Shares
म्यान्मामा भूकम्पका कारण उच्चस्तरको आपत्‌कालीन अवस्था

काठमाडौंः विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले म्यानमामा गएको भूकम्प उच्चस्तरीय आपत्कालीन अवस्था भएको बताउँदै जीवन रक्षा र रोगको प्रकोप रोक्न तत्काल ८० लाख अमेरिकी डलर माग गरेको छ ।

ncell

डब्लूएचओले देशमा सीमित शल्यक्रिया क्षमताका कारण ठूलो संख्यामा हताहत र आघातमा घाइते भएकाहरू संक्रमणको उच्च जोखिममा रहेको बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले भूकम्पले रोगको जोखिम बढाउने सम्भावना रहेको बताएको छ।

‘डब्लुएचओले यस सङ्कटलाई तेस्रो तहको सङ्कटका रूपमा वर्गीकृत गरेको छ, जुन यसको इमर्जेन्सी रेस्पोन्स फ्रेमवर्क अन्तर्गत सक्रियताको उच्चतम स्तर हो,’ संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले कोषका लागि गरेको अपिलमा भनिएको छ । 

म्यान्माको मान्डले शहर नजिकै शुक्रबार ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्यूडको परकम्प गएको थियो । भूकम्पका कारण म्यानमामा एक हजार ७०० भन्दा बढी र छिमेकी मुलुक थाइल्याण्डमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

‘‘प्रारम्भिक आँकलन’ ले म्यान्मामा हताहत हुने र आघातसँग सम्बन्धित घाइतेहरूको सङ्ख्या उच्च रहेको देखिन्छ । यसलाई आपतकालीन हेरचाहको लागि तत्काल आवश्यकता पर्दछ। विद्युत् र पानीको आपूर्ति अवरुद्ध भएको छ, स्वास्थ्य सेवाहरूको पहुँच बिग्रिरहेको छ र पानीजन्य र खाद्यजन्य रोगहरूको प्रकोपको जोखिम बढेको छ,’ डब्लुएचओले भनेको छ। 

आघातसँग सम्बन्धित चोटहरू हात वा खुट्टा वा शरिरका अन्य भागको हाड भाँचिने, चर्किने, खुला घाउसहित सीमित शल्य चिकित्सा क्षमता र अपर्याप्त सङ्क्रमण रोकथाम र नियन्त्रणको कारण सङ्क्रमण र जटिलताहरूको उच्च जोखिम छ । 

ताजा खबर

सम्बन्धित खबर