२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

पाँच स्थानीय तहमा जग्गा नापजाँच थालियो

Nada
२०८१ चैत १८ गते ११:३३
Shares
पाँच स्थानीय तहमा जग्गा नापजाँच थालियो

नेपालगञ्जः बाँकेका पाँच स्थानीय तहमा सुकुम्बासी समस्या समाधान आयोगले जग्गा नापजाँच थालेको गरेको छ । 

ncell

जग्गा नापजाँचको काम कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा भइरहेको सुकुम्बासी समस्या समाधान आयोग, बाँकेका अध्यक्ष घननाथ खनालले जानकारी दिए । उनले कोहलपुर– ७, ९ र १३ वडा, बैजनाथ–७, जानकी–५, खजुरा–६ र राप्तीसोनारी–३, ४, ७ वडामा जग्गा नापजाँचको काम भइरहेको बताए । 

अध्यक्ष खनालले नेपालगञ्जमा आजदेखि नै काम सुरु गरिने उल्लेख गर्दै डुडुवा र नरैनापुर गाउँपालिकामा लगत सङ्कलन कार्य भइरहेको जानकारी दिए । 

‘अझै पनि केही स्थानीय तहमा लगत सङ्कलन सकिएको छैन । तर केही स्थानमा नापजाँच सुरु भइसेकेको छ’, उनले भने। अहिलेसम्म जिल्लाभर ५३ हजार ७३० कित्ता जग्गाको लगत सङ्कलन भएको छ । यसअघि गठन भएको सुकुम्बासी समस्या समाधान आयोगमा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा १७ हजार ६१५, राप्तीसोनारी गाउँपालिकामा १२ हजार ५२३, बैजनाथमा १० हजार ११२, नेपालगञ्जमा तीन हजार ४२, नरैनापुरमा दुई हजार ३४५ र जानकीमा दुई हजार ८१० कित्ता नापजाँचका लागि निवेदन परेको थियो । 

आयोगका अध्यक्ष खनालले दलित भूमिहीनतर्फ तीन हजार ६८१ कित्तामध्ये ८३९ कित्ता वास्तविक कित्ता भएको र त्यसलाई वडा कार्यालयबाट प्रमाणीकरण गरेको उल्लेख गर्दै भूमिहीन सुकुम्बासीतर्फका ६ हजार ७९८ कित्ता रहेको बताए । बाँकेमा ४३ हजार २२६ कित्ता जग्गामा अव्यस्थित बसोबासी छन् ।

ताजा खबर

सम्बन्धित खबर