२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

सानिमाद्वारा स्वास्थ्य शिविरमा आर्थिक सहयोग

Nada
२०८१ चैत १३ गते २०:३९
Shares
सानिमाद्वारा स्वास्थ्य शिविरमा आर्थिक सहयोग

काठमाडौं : सानिमा बैंकले शक्तिचोक, गोरखास्थित नेपाली सेना रिपुमर्दन गण र शहिद लखन गाउँपालिकाद्वारा संयुक्त रूपमा आयोजित दुई दिने बृहत स्वास्थ्य शिविरमा आर्थिक सहयोग गरेको छ ।

ncell

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतालगायत अन्य विभिन्न क्षेत्रहरूमा हरेक वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विविध कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बैंकले सोही क्रममा स्वास्थ्य शिविरका लागि सहयोेग गरेको हो । 

गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ६, घैरुङ स्वास्थ्य चौकीमा संचालित उक्त कार्यक्रममा पाँच सय २५ जना स्थानीय बासिन्दाहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित भएका छन् ।

उक्त शिविरमा महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर, हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, मधुमेह, जनरल ओपिडीका साथै विविध रोगको परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क औषधी पनि वितरण गरिएको छ । बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने तथा विभिन्न किसिमका सामाजिक उत्थानका कार्यक्रमहरू गर्ने योजना बनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर