२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

सन् २०२५ मा एसियाको जीडीपी ४.५ प्रतिशतले बढ्ने अनुमान

Nada
२०८१ चैत १२ गते १३:०३
Shares
सन् २०२५ मा एसियाको जीडीपी ४.५ प्रतिशतले बढ्ने अनुमान

काठमाडौंः बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि ४.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

ncell

प्रतिवेदनअनुसार सन् २०२४ मा यस क्षेत्रको जिडिपी ४.४ प्रतिशतले वृद्धि भएको थियो । बढ्दो विश्वव्यापी आर्थिक अनिश्चितताका बावजुद, एसिया विश्व अर्थतन्त्रका लागि प्रमुख वृद्धिको इन्जिनका रूपमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।

‘एसियन इकोनमिक आउटलुक एन्ड इन्टिग्रेसन प्रोग्रेस’ प्रतिवेदनमा सन् २०२४ मा जिडिपीको अनुपात र क्रय शक्ति समानतामा विश्वको कुल जिडिपीमा एसियाको जिडिपी ४८ दशमलव एक प्रतिशतबाट बढेर सन् २०२५ मा ४८ दशमलव छ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

यसैगरी एसियामा सन् २०२५ मा बेरोजगारी दर चार दशमलव ३९ प्रतिशत हुने अनुमान गरिएको छ । यो विश्वव्यापी बेरोजगार दर चार दशमलव ९६ प्रतिशतभन्दा कम हो ।

ताजा खबर

सम्बन्धित खबर