२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

एएफसी एसियन कपमा नेपालले भोलि मलेसियासँग खेल्ने

Nada
२०८१ चैत ११ गते १८:३१
Shares
एएफसी एसियन कपमा नेपालले भोलि मलेसियासँग खेल्ने

काठमाडौं : २०२७ को एएफसी एसियन कपअन्तर्गत अन्तिम चरणको छनोटमा नेपालले मंगलबार मलेसियासँग खेल्दै छ । यो चरणमा नेपालले मलेसियासहित भियतनाम र लाओससँग ‘होम एण्ड अवे’ आधारमा प्रतिस्पर्धा गर्ने कार्यतालिका छ ।

ncell

मलेसियासँगको खेलअघि नेपालले सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले ऐतिहासिक रूपमा १–० को जित निकाल्यो । सोमबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक म्याट रोसले मलेसियासँग बलियो आत्माविश्वास सहित मैदानमा उत्रिने बताए ।

समूह ‘एफ’मा रहेको नेपाल र मलेसियाबीचको खेल इब्राहिम सुल्तान स्टेडियममा मंगलबार राति ७ ः४५ मा सुरु हुनेछ । एसियन कपमा पुग्ने लक्ष्यमा रहेको मलेसिया आफ्नो पहिलो खेलमै जितको लक्ष्यमा रहँदा नेपाल अर्को सनसनीपूर्ण खेलको प्रतिक्षामा छ। 
प्रशिक्षक रोसले मलेसियासँग अंकका लागि नै प्रतिस्पर्धा गर्ने बताउँदै नेपाल बलियो लक्ष्यमा प्रतिबद्ध रहेको बताए । त्यस्तै, कप्तान किरण चेम्जोङले अवे मैदान भए पनि राम्रो खेल पस्कने बताए । 

रोसको प्रशिक्षणमा नेपालले पहिलो आधिकारिक प्रतियोगिता खेल्न लागेको हो । उनको प्रशिक्षण डेब्यु भने सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलमा भएको थियो । जसमा नेपाल १–० ले विजयी भयो ।

मलेसियाका मुख्य प्रशिक्षक पिटर क्लामोभ्स्कीले नेपालविरुद्धको खेलको लागि टिम पूर्ण रूपमा तयार भएको भन्दै नेपालले सिंगापुरलाई हराएकोले नेपाललाई कमजोर नलिने पनि बताए । 

फिफा वरियतामा नेपालभन्दा ४३ स्थान माथि रहेको मलेसियालाई अहिलेसम्म नेपालले पराजित गर्न सकेको छैन । वरियतामा मलेसिया १३२औँ स्थानमा रहँदा नेपाल १७५औँ स्थानमा छ ।

ताजा खबर

सम्बन्धित खबर