२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

कतारमा पल, टंक र स्मारिकाको इद धमाका

Nada
तिलु शर्मा पौडेल
२०८१ चैत ७ गते १९:४२
Shares
कतारमा पल, टंक र स्मारिकाको इद धमाका

दोहा (कतार) : चर्चित नायक तथा मोडल पल शाह कतार आउने भएका छन् । मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्रको अवसरमा अल लुक्ता स्थित ट्युनिसियन स्कुलको कभर्ड हलमा ३१ मार्चमा ‘मानव सेवा आश्रम नेपालको सहयोगार्थ’ आयोजना गर्न लागिएको नेपाली इद धमाका– २०२५ मा सांगीतिक प्रस्तुति दिन नायक पल सँगै गायक, सर्जक टंक तिमिल्सिना र मोडल तथा डान्सर स्मारिका ढकाल कतार आउने आयोजकले जनाएको छ । 

ncell

आयोजकले एक मिट एण्ड ग्रीट कार्यक्रमको आयोजना गर्दै कार्यक्रमका कम्तीमा २५ वटा टिकट बिक्री गर्ने संस्था वा व्यक्तिलाई एउटा विशेष पास उपलब्ध गराउने ५० भन्दा बढी बेच्नेलाई सिल्भर स्पोन्सर, १ सय बेच्नेलाई गोल्डेन, १ सय ५० टिकट बेच्नेलाई प्लाटिनम र २ सय भन्दा बढी टिकट बेच्नेलाई डाइमण्ड स्पोन्सरको रूपमा वर्गीकरण गरी राखिने जनाएको छ । 

कार्यक्रममा टिकट लिएर कार्यक्रममा सहभागी हुने नेपाली महिलाहरूका लागि कार्यक्रमको मेकअप पार्टनर हर्मोषा ब्युटी पार्लरले ३१ मार्चबाट लागू हुनेगरी ४५ दिन भित्र टिकटको अर्धकट्टी लिएर गएमा २५ प्रतिशत छुट प्राप्त गर्नेछन् । कार्यक्रमका बारेमा ‘प्रमोसन भिडियो’ निर्माण गरी सामाजिक सञ्जालमा अपलोड गरी लिक आयोजकलाई उपलब्ध गराउन आग्रह गरेको छ  । प्राप्त भिडियोहरू मध्यबाट उत्कृष्ट ३ जनाले आकर्षक पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको हो । कार्यक्रममा प्रवेशका लागि ५०, एक सय र संयुक्त परिवारका लागि पाँच सय रियालको शुल्क लाग्नेछ  । 

दिउँसो १२ः३० बजेबाट हुने उक्त कार्यक्रममा आउन जानको लागि विभिन्न ठाउँबाट यातायातको सुविधा पनि रहने आयोजक संस्था तथा कार्यक्रमका म्यानेजर राकेश श्रेष्ठले जानकारी दिए । 
 

ताजा खबर

सम्बन्धित खबर