२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकमा दफावार छलफल 

Nada
२०८१ चैत ७ गते १८:०६
Shares
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकमा दफावार छलफल 

काठमाडौंः ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

ncell

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो ।

दफावार छलफलमा भाग लिँदै संशोधनकर्ता सांसद प्रकाश ज्वालाले सांसदका चासोलाई संसद्ले सम्बोधन गर्नुपर्ने बताए । संशोधनकर्ता सांसदहरु मेटमणि चौधरी, भानुभक्त जोशी, सूर्यबहादुर थापा क्षेत्री, चित्रबहादुर केसी, प्रेम सुवाल, निशा डाँगी, विमला सुवेदी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, हितराज पाण्डे, नारायणी शर्मा, रामकुमार राई, दुर्गा राई, छिरिङडण्डुप लामा भोटे, मनिष झा र शेरबहादुर कुँवरले संशोधन प्रस्ताव राखेका थिए । उनीहरुले योजना आयोगको भूमिकालाई कमजोर बनाउन नहुनेमा जोड दिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर