२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

घटेरै शेयर बजार बन्द, १७५ कम्पनीको मूल्यमा गिरावट

Nada
२०८१ चैत ७ गते १७:१३
Shares
घटेरै शेयर बजार बन्द, १७५ कम्पनीको मूल्यमा गिरावट

काठमाडौंः शेयर बजारमा आज पनि गिरावट आएको छ । यो साता कारोबारको लगातार पाचौँ दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो । 

ncell

आज नेप्से परिसूचक १२ दशमलव ८४ अंकले घटेर दुई हजार छ सय ६९ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज तीन सय १२ कम्पनीको ९५ लाख ९९ हजार तीन सय ४३ कित्ता शेयर ५५ हजार चार सय ७६ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ५६ करोड १३ लाख ११ हजार दुई सय ८२ बराबरको कारोबार भएको हो । 

आज ६२ कम्पनीको मूल्य बढ्दा १७५ को घटेको छ भने सात कम्पनीको शेयर मूल्य स्थिर छ । आज व्यापार समूहको उपसूचक शून्य दशमलव २६ प्रतिशत बढेको छ ।  आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी छ दशमलव ९० प्रतिशतले बढेको छ ।

ताजा खबर

सम्बन्धित खबर