२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

२५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न रास्वपाको माग

Nada
२०८१ चैत ७ गते १२:५२
Shares
२५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न रास्वपाको माग

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले केही दिनअघि काठमाडौंको टोखाबाट समातिएको २५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न माग गरेका छन् । 

ncell

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विगतमा ३५ किलो, ८० किलो परिणाममा सुन समातिए पनि त्यसको मालिक पत्ता नलागेको बताएका हुन् । 

उनले भने, ‘२५ करोड रुपैयाँ टोखामा समातियो । विगतमा पनि कहिले ३५ किलो, कहिले ८० किलो सुन समातियो भनेर सुन्यौं । ड्राइभरलाई, भरियालाई मात्रै थुनेर राखियो । कहिलेपनि त्यसको मालिक को हो भन्ने पत्ता लागेन । यसपाली पनि यो २५ करोडको मालिक पत्ता नलाग्ला र ट्रक ड्राइभरलाई थुनेर नै थामथुम पारिएला कि भन्ने डर छ । यसरी नै सधैं भरियामात्रै समातेर र कालाबजारीहरुलाई संरक्षित गरिराखेर सुशासन कसरी हुन्छ ?’ 

साथै उनले सिरहामा दलितको घर भत्काएर महायज्ञको तयारी गरेको भन्दै घोर भत्र्सना गरे । उनले यो घटनामा सम्बन्धित रहेकाहरुलाई कडा कारवाही गर्नको लागि समेत अनुरोध गरे ।

उनले भने, ‘सिरहामा जुन घटना भयो एउटा दलितको घर भत्काएर महायज्ञको तयारीको घोर भत्र्सना गर्न चाहन्छु । सम्बन्धित साझेदारहरुलाई र निकायहरुलाई यसमा कडा कारवाही गर्नको लागि अनुरोध गर्दछु ।’
 

ताजा खबर

सम्बन्धित खबर