२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

भूकम्प पीडितलाई घर पुन:निर्माणका लागि दोस्रो किस्ता

Nada
२०८१ चैत ७ गते १०:४६
Shares
भूकम्प पीडितलाई घर पुन:निर्माणका लागि दोस्रो किस्ता

बाजुरा : जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्प पीडितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्याका अनुसार गृह मन्त्रालयबाट आएको रकम पालिकालाई वितरण गर्ने निर्णय गरिएको जानकारी दिए।

ncell

उनका अनुसार उक्त रकम एक हजार चार सय ७३ जना भूकम्पपीडितलाई प्रदान गरिनेछ । जिल्लाका नौ पालिकामध्ये हिमाली र जगन्ना गाउँपालिकाको भूकम्प प्रभावितको तथ्यांक अद्यावधिक नभएकाले उक्त पालिकाका प्रभावितहरूका लागि भने रकम नआएको उनले बताए । उनले त्रिवेणी नगरपालिकामा रु. २८ लाख २५ हजार, बूढीगंगा गाउँपालिकालाई रु. ८६ लाख र बूढीनन्दा नगरपालिकालाई रु. १३ लाख ५० रकम हस्तान्तरण गरिएको हो । साथै गौमूल गाउँपालिकामा रु. १३ लाख ७५ हजार, खप्तड छेड दहमा रु. दुई करोड २४ लाख ७५ हजार र स्वामीकार्तिक खापर गाउँपालिकालाई रु. दुई लाख २५ हजार गरी कूल तीन करोड ६८ लाख २५ हजार रकम जिल्लामा आएको छ ।

मनसुनजन्य विपद्का प्रभावितका लागि पनि रकम आइसकेको उनले बताए । मनसुनजन्य विपदबाट बूढीगंगा गाउँपालिका, त्रिवेणी नगरपालिका, गौमूल गाउँपालिकालगायतका पालिकामा उक्त रकम पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर