२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

नेपालगञ्जमा टाटाको नयाँ इभी सार्वजनिक

Nada
२०८१ चैत ६ गते २१:४९
Shares
नेपालगञ्जमा टाटाको नयाँ इभी सार्वजनिक

नेपालगञ्ज : सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभी, नेक्सन के३ इभी र टाटा टियागो इभी नेपालगञ्जमा लञ्च गरेको छ ।

ncell

नेपालगञ्जस्थित रुद्रप्रिया इन्टरनेशनल शोरुमबाट बहुप्रतीक्षित गाडीहरू कर्भ इभी, नेक्सन के३ र टाटा टियागो इभी२०२५ लन्च भएका हुन् ।


सो कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ नेपालगञ्ज उपमहानगरपालिका मेयर प्रशान्त बिस्टको पनि उपस्थिति थियो । कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले भने, ‘आज टाटा इभीको नयाँ मोडलहरू नेपालगञ्जमा लन्च गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं।’

त्यस्तै रुद्रप्रिया इन्टरनेशनलका प्रबन्ध निर्देशक माधव शर्माले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरू लन्च गर्न पाउँदा हर्सित भएको बताए । टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रीपछिको सेवाको लागि सिप्रदी तत्पर लागिरहेको र ग्राहकहरूलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नयाँ गाडीहरू ढुक्क भएर लिन आग्रह गरे । उक्त कार्यक्रममा नयाँ ग्राहकहरूलाई गाडीको साँचो पनि हस्तान्तरण गरिएको थियो। 
 

ताजा खबर

सम्बन्धित खबर