२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

मुक्तिनाथ विकास बैंकले बाँड्यो कञ्चनपुरमा बैसाखी

Nada
२०८१ चैत ६ गते २१:४४
Shares
मुक्तिनाथ विकास बैंकले बाँड्यो कञ्चनपुरमा बैसाखी

काठमाडौं :  मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चनपुरमा अपांगता संरक्षण नेपाल संस्थासँगको साझेदारीमा शारीरिक अपांगता भएका व्यक्तिलाई आवश्यक पर्ने बैसाखी वितरण गरेको छ ।

ncell

देशभरीबाट शारीरिक अपांगता भएका व्यक्तिबाट आफ्ना दैनिक कार्य गर्न असहज भएकाले बैसाखी तथा सेतो छडीको आवश्यकताका लागि उक्त संस्थामा निकै निवेदन आउने गरेकाले सोही संस्थाको समन्वयमा बैंकले बैसाखी वितरण गरेको हो । उक्त सहयोगबाट उनीहरूको दैनिक जीवनमा राहत पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सकिने ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्माजस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर