२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

राउटे समुदाय जलवायु परिवर्तनको जोखिममा

Nada
२०८१ चैत ३ गते १६:०५
Shares
राउटे समुदाय जलवायु परिवर्तनको जोखिममा

सुर्खेत : कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले जलवायु परिवर्तनका कारण राउटे समुदायले विभिन्न जोखिमसँग सामना गरिरहेको बताएका छन् ।

ncell

प्रदेश सरकारको समन्वयमा डिपिनेट नेपालद्वारा आइतबार वीरेन्द्रनगरमा आयोजित ‘जलवायु परिवर्तनले राउटे समुदायमा परेको असर÷प्रभाव’सम्बन्धी कार्यक्रममा उनले लोपोन्मुख राउटे समुदायलाई जलवायु परिवर्तनको असरबाट बचाउन सबै सरोकारवाला गम्भीर हुनुपर्ने बताए । 

पछिल्लो समयमा राउटेलाई देखाउने काम भए पनि उनीहरूको सीप, कला उपयोग हुन नसकिरहेको उनको भनाइ थियो ।

उनले भने, ‘राउटे समुदायबाट निर्माण भएका कोशी, मधुसजस्ता सामग्रीको प्रदर्शनी र बजारीकरण गर्न आवश्यक छ, यो समुदायका विभिन्न सम्पदाको संरक्षण गर्दै पुस्तान्तरण गरिनुपर्छ ।’

राउटेलाई चुरोट, सुर्ती तथा मादक पदार्थ सेवनजस्ता कुलतमा लाग्न नदिन सबैले गम्भीर बन्नुपर्ने धारणा राख्दै मन्त्री भण्डारीले उनीहरूको स्वास्थ्य र शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । 

उनका अनुसार उक्त समुदायको भाषा र उनीहरूले प्रयोग गर्ने लिपिहरूलाई अभिलेख गर्न आवश्यक रहेकाले प्रदेश सरकारले आगामी दिनमा योजनाबद्ध कार्य अगाडि बढाउने योजना बनाएको छ ।
 

सम्बन्धित खबर