२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

जेसीजको सेल्फ डिफेन्स प्रशिक्षण सुरु

Nada
२०८१ चैत ३ गते १५:११
Shares
जेसीजको सेल्फ डिफेन्स प्रशिक्षण सुरु

काठमाडौं : नेपाल जेसीजले महिलाहरूलाई सुरक्षित रहनका लागि सेल्फ डिफेन्स प्रशिक्षण सुरु गरेको छ । महिलामाथि हुने हिंसालाई न्यूनीकरण गर्नका लागि उनीहरूमा आत्मारक्षा कला सिकाउन नेपाल जेसीजले सेल्फ डिफेन्स प्रशिक्षण दिएको हो । आइतबारबाट सुरु भएको प्रशिक्षण मंगबारसम्म चल्नेछ ।

ncell

‘महिलाहरूलाई आत्मारक्षाको कला सिकाउन यो प्रशिक्षण गरेका हौं’, नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष रजनी थापाले भनिन्, ‘यसबाट महिला माथि हुने हिंसा न्यूनीकरणमा सघाउ पुग्नेछ ।’ 

प्रशिक्षणमा विभिन्न क्षेत्रसँग आवद्ध ७० भन्दा बढी महिलाहरूले सहभागिता जनाएका छन् ।

सहभागीहरूलाई केआईएफ कुरोदया सेल्फ डिफेन्स मार्टिएल आर्ट एसोसियसन अफ नेपाल केन्द्रीय सदस्य योजना रेग्म र महासचिव सुरेन्द्र सिंह बिष्टले प्रशिक्षण दिइरहेका छन् । आइतबार मंगलादेवी सिंह फाउन्डेशनकी अध्यक्ष सृजना श्रेष्ठ सिंहले प्रशिक्षणको उद्घाटन गरिन् ।

सम्बन्धित खबर