२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

ड्युटीमा रहँदा प्रहरीलाई मोबाइल चलाउन बन्द

Nada
२०८१ फागुन २३ गते २०:४४
Shares
ड्युटीमा रहँदा प्रहरीलाई मोबाइल चलाउन बन्द

राजविराज : ड्युटीमा खटिएका बेला प्रहरी कर्मचारीले मोबाइल चलाउन नपाउने भएका छन् ।

ncell

जिल्ला प्रहरी कार्यालय सप्तरीले ड्युटीमा खटिएका बेला कमान्डरबाहेक अन्य प्रहरीले मोबाइल चलाउन नपाइने प्रावधान लागू गरेको छ । खटिएका बेला कमान्डरले पनि अत्यावश्यक परेको खण्डमा मात्र ड्युटीकै कामका लागि भने मोबाइल प्रयोग गर्न पाउनेछन् ।

ड्युटीमा खटिएका बेला प्रहरीले मोबाइल चलाउँदा सुरक्षा निगरानी प्रभावकारी हुन नसकेको, मोबाइलतर्फ ध्यान हुँदा प्रहरी आफै पनि असुरक्षित हुन सक्ने भएकाले मोबाइल प्रयोगमा रोक लगाइएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
 

सम्बन्धित खबर